दाङ्ग : नाम मात्र शिव हैन काम पनि शिवको जस्तै छ । शिव भगवानको कुरा भन्ठान्नु होला यहाँ डिएसपी शिव सिंहको कुरा गरिरहेका छौं । नेपाल प्रहरीमा काविल डिएसपी मानिन्छन् शिव सिंह । अप्ठ्यारा अपरेशन र गहन अनुसन्धान गर्नु परे अनुसन्धान अधिकृतको खोजी गर्दा प्रहरी हेडक्वाटरले डिएसपी शिवलाई नै खटाउने गर्छ ।
नेपालगन्जको सहकारी भित्रको करोडौं हिनामिना होस् वा अन्य जिल्लामा भएको ठुला अपराधका घटना होस् कार्यरत डिएसपीले नसकेपछि प्रहरी पधान कार्यालयले डिएसपी शिवलाई नै अनुसन्धान अधिकृत बनाएर खटाउने गरेको प्रशस्तै उदाहरण छन् ।
नेपालगन्जमा रहेको एक सहकारीमा ५० करोड भन्दा बढी हिनामिना भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका डिएसपीले नसकेको भन्दै उनी तानिएपछि प्रहरी हेडक्वाटरले डिएसपी शिवलाई सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न बाँके पठाएको थियो । उक्त अनुसन्धान उनले सफलता पूर्वक सम्पन्न गरेका थिए ।
अपराध, लागुऔषध नियन्त्रणमा माहिर मानिएका डिएसपी शिव यतिखेर दाङ्गको इलाका प्रहरी कार्यालय तुलसिपुरमा कार्यरत छन् । उनी जहाँ जान्छन् अपराध र लागुऔषध निर्मूल पार्ने उनको विशेषता हो । त्यसैले त डिएसपी शिव विभागदेखि जनतासम्म पपुलर हुन सफल भएका छन् ।
डिएसपी शिव अपराध नियन्त्रणमा एग्रेसिव भएर लागेकाछन् । दाङ्गमा यतिखेर अपराधी, गुण्डागर्दीको भागाभाग मच्चिएको छ । जो सुकै होस् कानुनी दायराभन्दा बाहिर जानेलाई डिएसपी शिवले कानुनी कटघरामा उभ्याइ हाल्छन् । त्यसैले आपराधिक मानसिकताका व्यक्तिहरु कि चुपलागेर बसेका छन् कि त्यहाँबाट भागिसकेका छन् । डिएसपी शिवले तस्कर र अपराधीहरुको त लिस्ट नै तयार पारिसकेका छन् । दाङ्ग जिल्लाको तुलसीपुर संवेदनशिल क्षेत्र मानिन्छ ।
डिएसपी शिवले छोटो शब्दमा भने ‘प्रलोभनमा पर्ने र अपराधीलाई उन्मुक्ति दिने मेरो डायरीमा छैन । जो सुकै होस् अपराध गर्नेलाई म छोड्दिन ।’
नेपालको जताततै लकडाउन घोषणा गरेपनि पालना नभइरहेका बेला तुलसिपुरमा उनले लकडाउनको पलना गराएरै छाडे । अझ भन्ने हो भने चुन्द्रेमुन्द्रे गुण्डागर्दीको त दाङ्गमा भागाभाग नै मच्चिएको छ । दाङ्गमा कार्यरत भएको एक महिना पुगेपछि एक महिनासम्म दाङ्गमा भए गरेका काम र समिक्षा बारे इलाका प्रहरी कार्यालय तुलसीपुरले विहवार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
उक्त पत्रकार सम्मेलनमा डिएसपी शिवले एक महिनाको अवधिमा तुलसिपुरमा ३९ ठाउँमा सचेतना कार्यक्रम संचालन गरेको, ३१ ग्राम ८ मिलिग्राम व्राउन सुगर सहित ७ जना व्यक्ति तथा ३ सवारि साधन नियन्त्रणमा लिई कार्वाही गरिएको, ७ सय ६३ जनाको नाम संकलन गरि १ सय ८७ जना गुन्डागर्दी तथा लागू औषध सेवन कर्तालाई अभिभावक संग कार्यालयमै वोलाई काउन्सिलिङ गरि जिम्मा लगाएको जानकारी दिएका छन् ।
त्यस्तै एक महिनाको अवधिमा ८७ ठाउँमा गाजा खेति नष्ट गरिएको, ३ लाख वरामद सहित १५ जना जुवाडे विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।
‘म काम गर्न आएको हुँ, मलाई कुनै लोभ लालचा छैन । गुण्डागर्दी, तस्करी, कालोबजारी गर्नेलाई म छोड्ने छैन । मेरो संगठन भित्र कसैले गलत गर्छ भने त्यसलाई पनि म कार्वाही गर्छु ।’ डिएसपी शिवले सेतोखरीसँग भने ‘कुनै अपराध गरिरहेको व्यक्तीले शिर ठाडो बनाएर हिंडेको म हेर्न सक्दिन । मलाई साथ दिनुस् सामाजिक अपराध, आर्थीक अपराध हरेक खाले अपराध नियन्त्रण गरेर देखाउँछु । तपाईका छोराछोरी कुलतमा फेसका छने भने कुलतबाट जोगाउन मद्दत गर्छु ।’
डिएसपी शिवले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको उल्लेख गर्दै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । उनले आगामी महिनाहरुमा गर्नु पर्ने कामको कार्यतालिका समेत बनाइसकेको जानकारी दिए ।