नक्कली इन्काउण्टरमा भारतीय प्रहरीले गरे दुबेको हत्या


नक्कली इन्काउण्टरमा भारतीय प्रहरीले गरे दुबेको हत्या

File Photo

नेपालगन्ज : भारतको मोष्ट वाण्टेड गुण्डा नाइके विकास दुबे मारिएका छन् ।  भारतको कानपुरमा ८ प्रहरी हत्या गरि फरार रहेका दुबे बिहीबार मात्रै भारतको मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका थिए । उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका दुबेलाई सकुसल भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो ।

उज्जैनबाट पक्राउपरेका दुबेलाई कानपुर ल्याउदै गर्दा भारतीय प्रहरीले नक्कली ईन्काउण्टरको योजना बनाई दुबेको हत्या गरेका हुन् । तर, यसलाई भारतीय प्रहरीले स्वीकार गरेको भने छैन । उसले दुबेको निधन जवाफी कारबाहीमा भएको दाबी गरेकोछ ।
यसो त भारतमा प्रहरी प्रशासन र उच्च निकायको निर्देशनमा प्रहरीले थुप्रै मुद्दामा फरार रहेकालाई नक्कली ईन्काउण्टर गरि हत्या गरेको यसअघिका थुप्रै घटनाबाट प्रष्ट भइसकेका छन् ।

लामो समयदेखि आफ्नो दबदबा काय गरेका दुबे अपराधको दुनियाँमा दुई दशक बढि समय देखि सक्रिय छन् । उनले थुप्रै हत्या, सम्पत्ती कब्जा, लुटपात, फिरौती, चन्दा आतंक लगायतका अपराध गरेका छन् । कतिपय अपराधमा सामुहिक र कतिपयमा आफू एक्लै सहभागि हुदै आएको भारतीय प्रहरी बताउँछ ।

स्थानीय, ब्यापारी, उद्योगपति देखि लिएर प्रहरीसमेत पीडित बनिरहेको अवस्थामा दुबे पछिल्लो समय सर्वाधिक खोजीका अपराधि थिए । गत हप्ता मात्रै दुबेलाई पक्रिन कानपुर प्रहरी उनको अड्डामा गएको थियो । तर, उनले सो बखत एक डिएसपी सहित ८ जना प्रहरीको गोली हानी हत्या गरेका थिए ।

सोही दिनदेखि फरार दुबे खुला सीमानाकाका कारण नेपाल प्रवेश गर्न सक्ने भन्दै दुई अघि मात्र डिएसपीको कमाण्डमा भारतीय प्रहरी नेपालगन्ज आएको थियो । नेपालगन्ज आएको प्रहरीले बाँके प्रहरी प्रमुख ओमबहादुर रानासंग भेट गरि घटनाका बारेमा जानकारी दिएको थियो । 

मध्यप्रदेशको उज्जैनमा लुकिछिपी रहेका भारतका गुण्डा नाइके विकास दुवे स्थानीय सुराकीको सहयोगमा प्रहरीले पक्राउ गर्न सफल भएको थियो । बिहीबार पक्राउ परेका दुबेलाई आवश्यक कारबाहीका लागि उत्तर प्रदेशको कानपुर ल्याइदै थियो । तर,योबिच पक्राउ परेका दुबेलाई मेरो हत्या गरिन लागेको भन्ने भनक पनि भएन । त्यसो त कानपुर घटनाबाट भारतीय प्रहरीले उच्च सतर्कता अपनाउदै खोजबिन गरिरहदाँ उनलाई प्रहरीले मार्ने सम्म जानकारी पाएका थिए ।

तर, भारतीय प्रहरी हत्या गरेका दुबेलाई भारतीय प्रहरीले कुनै चलचित्रको दृष्य सरह पूर्व योजना बनाई हत्या गरेको छ । यद्यपी भारतीय प्रहरीले यो सत्यतालाई लुकाइरहेको छ । उसले आफ्नो दावि गर्दै आएको छ की दोहोरो भिडन्तमा दुबे मारिए । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर ल्याइदै थियो ।

भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए ।

प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ ।