भारतीय मिडियामा विश्वसनीयताको संकट : टीएनआई

विश्वव्यापी वरीयतामा भारतीय मिडिया १४२ औँ स्थानमा


भारतीय मिडियामा विश्वसनीयताको संकट : टीएनआई

नेपालगन्ज: अन्तर्राष्ट्रिय अनुसन्धान र वकलातसम्बन्धी काम गरिरहेको ट्रान्सनेशनल इन्स्टिच्युट (टीएनआई) ले भारतीय मिडियामा विश्वसनीयताको संकट रहेको एक प्रतिवेदनमा जनाएको छ ।

रपोर्टस विथआउट बोर्डरका अनुसार विश्वव्यापी वरीयतामा भारतीय मिडिया १४२ औँ स्थानमा छ । यो स्थान भने सन् २०१९ को भन्दा दुईस्थान भारतीय मिडिया तल खस्किएको छ ।

भारतीय मिडियामा मोदीको पकड बलियो भएको समेत उक्त रिपोर्टमा जनाइएको छ । यसरी विश्वसनीयताको खडेरी परिरहेका बेला अहिले भारतीय मिडियाको निशानामा नेपाल परेको छ ।

पछिल्लो समय भारतीय मिडियाहरुले ‘नेपाल चीनको काखमा गएको’, ‘नेपालका प्रधानमन्त्रीलाई चिनियाँ राजदूतले मायाजालमा पारेको’, ‘नेपालले भारतीय भूमि अतिक्रमण गरेको’, ‘प्रधानमन्त्री ओली भारतविरोधी भएको’, ‘नेपालमा भारतले चाहेको व्यक्ति प्रधानमन्त्री हुने’, ‘प्रधानमन्त्री ओलीको कुर्सी गम्भीर संकटमा’, ‘चीनले नेपालमाथि कब्जा जमाएको’, ‘नेपाललाई चीनले उक्साएको’ लगायतका शीर्षक र ट्यागलाइनका समाचारहरु व्यापाकरुपमा भारतीय मिडियाहरुले प्रचार गरिरहेका छन् ।

यस्ता काल्पनिक कुराहरु जोडेर समाचार बनाउनेक्रम निकै तीव्ररुपमा वृद्धि भएकोप्रति नेपाल सरकारको ध्यानाकर्षण भएकोछ । कपोकल्पित र भ्रामक तथ्यविहिन समाचार सम्प्रेषण गरिरहेका भारतीय मिडियाको यो दादागिरी र हेपाहा प्रवृत्तिलाई तोड्न व्यवसायीकरुपमा बिहीबारदेखि नेपालभर भारतीय न्यूज च्यानलहरु बन्द गरिएकोछ ।

भारतीय न्युज च्यानलले नेपालको स्वतन्त्रतामा आँच आउने सामग्री प्रशारण गरेको भन्दै भारतीय सरकारी स्वामित्व रहेको दूरदर्शन बाहेक सबै च्यानल बन्द गरिएको छ ।