नेपालगन्ज: शुक्रबार नेपालमा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पाइएसगै कोरोना संक्रमित संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको बताए ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ । भने कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।