नेपालगन्ज : बिहीबार मृत्यु भएका ५४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएकोछ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा उपचाररत ५४ वर्षीय ती पुरुषमा कोरोना पुष्टि भएको हो । उनको बिहिबार मृत्यु भएता पनि शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्ण निवासी हुन् । उनी असार १९ गते भर्ना भएको अस्पतालका निर्देशक डाक्टर मुकुन्दराज जोशी बताउँछन् । योसगैं नेपालमा मृत्यु हुनेको संख्या ३६ पुगेकोछ ।
ती पुरुष मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ । शुरुमा उनी त्रिवि शिक्षण अस्पताल पुगेपनि निमोनिया भएका कारण आईसियुमा राख्नुपर्ने भएपनि केएमसीमा रिफर गरिएको थियो ।