नेपालगन्ज: सामाजिक सञ्जाल फेसबुकमा चर्चित पश्चिम नेपालकै लोकप्रिय फेसबुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ स्थापनाको ११ वर्ष वितेकोछ ।
आजकै दिन ११ वर्ष अघि सामाजिक सञ्जाल फेसबुकमार्फत यो ग्रुप सञ्चालनमा आएको थियो ।
सन् २००९ जुलाईदेखी सञ्चालनमा आएको सामाजिक सञ्जालको यो ग्रुपपले यसक्षेत्रमा विभिन्न सामाजिक गतिविधि गर्नुका साथैमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
नेपाल तथा नेपाल बाहिर रहेका बाँकेबासीलाई प्रत्यक्ष रुपमा जोड्न मददत पुर्याउँदै आएको नेपालगन्ज ग्यालरीले विषम परिस्थितका कारण समस्यामा परेका ब्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग उपलब्धता गराउनुका साथै सामाजिक विसंगति, विकृति तथा सामाजिक उत्तरदायित्वका लागि सम्बन्धित निकाय र आम नागरिकलाई घच–घाचाउने काम समेत गर्दै आएको यसका परिकल्पनाकार तथा सञ्चालक समीरमान श्रेष्ठ बताउँछन् ।
सामाजिक गतिविधिहरुमा युवा वर्गलाई सक्रिय बनाउन समेत प्रेरीत गरेको नेपालगन्ज ग्यालरीले उत्तिकै मात्रामा आम नागरिकबाट विश्वास र समर्थन पाइरहेकोछ । जसका कारण पछिल्लो समय नेपालगन्ज ग्यालरीमा सदस्य संख्या बढेर एक लाख ६ हजार ५ सय पुगेको सञ्चालक श्रेष्ठले सेतोखरीलाई जानकारी दिए ।

ग्रुपमा १ लाख बढि सदस्य जोडिएसगैं ग्रुपलाई चलायमान गराउन, यसको विश्वसनीयता र प्रभावकारितामा योगदान दिने ग्यालरीका थप एडमिन, प्रोमोटर, सदस्य लगायत आम नागरिकलाई नेपालगन्ज ग्यालरीका परिकल्पनाकार तथा सञ्चालक समीरमान श्रेष्ठले बधाई र धन्यबाद दिए ।
उनले आगामी दिनमा नेपालगन्ज ग्यालरीलाई विवादरहित, क्रियटिभ, नयाँपनका साथ विभिन्न सामाजिक कार्य समेत गर्दै लाने उनले बताए ।
यसक्षेत्रकै लोकप्रिय सामाजिक सञ्जाल ‘नेपालगन्ज ग्यालरी’मा यसका सञ्चालक श्रेष्ठले ग्रुप सञ्चालन गर्दा पहिलो पोष्ट गरिएको नेपालगन्ज स्थित प्रशिद्ध बागेश्वरी मन्दिरको तस्विर शेयर गर्दै ती दिन स्मरण गरेकाछन् ।
सेतोखरीसंग कुरा गर्दै उनले भने –‘ग्रुपबाट सकेसम्म सामाजिक कार्यमा लागेका छौं, सक्ने जति सहयोग गर्ने गरेका छौं । त्यसको साथै ग्रुपले देश बिदेशमा रहेका सबैलाई जोडेको छ । स्थानीय ताजा खबरहरु सबैले तुरुन्तै प्राप्त गर्छन् ।’
उनले अगाडी थपे–‘ग्रुपमा पोस्टहरु फिल्टर गर्दा गर्दै पनि कमेन्ट सेक्सनमा कहिलेकाहीँ धर्म र राष्ट्रियताको कुरा लिएर सदस्यहरुमा वादविवाद हुने गरेको छ । अपशब्द प्रयोग गर्ने, अरुलाई होच्याउने, राष्ट्रियताविरुद्ध कमेन्ट गर्ने लगायतका कार्य भएको छ । तर, कमेन्ट गर्नेहरूलाई तुरुन्तै ब्लक गर्नेगरेकाछौं ।’
उनले थपे–‘सदस्यहरुमा अनुरोध छ आफ्नो भनाई र विचारहरू शभ्य तरिकाले राख्नुहोला । यो ग्रुप हामी सबैको साझा हो । स्थापना दिवसको सबैमा शुभकामना ।’