बाँके सहित देशभर थप ७० जनामा कोरोना पुष्टि


बाँके सहित देशभर थप ७० जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेसहित देशभर थप ७० जनामा कोरोना पुष्टि भएकोछ । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । भने कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर, कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५÷५ जना संक्रमित थपिएका छन् ।

यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् । यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।