मेडिकल कलेजका डाक्टर चढेको कार ठुलो दुर्घटनामा


सेतोखरी सेतोखरी   शनिबार, असार २७, २०७७
मेडिकल कलेजका डाक्टर चढेको कार ठुलो दुर्घटनामा

 


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका डाक्टर चढेको कार ठुलो दुर्घटनामा परेको छ । प्रदेश ३ ०१ ०२२ च ५२ नम्बरको निलो कार शनिबार राती ९ बजेतिर नेपालगन्ज स्थित नेपाल टेलिकमको क्षेत्रिय कार्यालय अगाडी ठुलो दुर्घटनामा परेको हो ।


भाटभटेनिबाट सामान किनमेल गरेर फर्किरहेका नेपालगन्ज मेडिकल कलेजका डा.दिपक गुप्ताले चलाएको उक्त कार सडक छेउमा रोकिएको ट्रकमा ठोक्किएको थियो ।


डा.गुप्ताका अनुसार, निकै तिब्र गतीमा रहेको कार नियन्त्रण हुन नसक्दा पिच सडकबाट अनियन्त्रित भइ सडकको छेउमा पार्किङ् गरि राखिएको ट्रकमा गएर जोडले ठोक्किएको थियो । ट्रकमा ठोक्किएपछि कार ठुलो दुर्घटना हुन पुगेको थियो ।


कारका दुई वटै एयर व्याग खुलेका छन् । तर कारभित्र रहेका डा.गुप्ता र तीन जना बालबालिका सकुशल रहेको गुप्ताले बताए । दुर्घटना भएको कारको स्थिती हेर्दा भित्र रहेका मानिस कसरी जोगिए कल्पना गर्न सकिदैन ।