File Photo
नेपालगन्ज : मौसममा आएकामे परिर्वतनसगैं यतिबेला देशभरका अधिकासं स्थानमा वर्षा भइरहेको छ । वर्षासगैं बाढी पहिरोले वितण्डना मच्चाइरहेकोछ । वर्षासगैं आएको बाढिपहिरोमा मर्नेको संख्या बढिरहेको छ भने उत्तिकै मात्रामा हराउने र घाईते हुनेको संख्या पनि बढ्दोछ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज देशका कोशी, कमला, बागमती र नारायणी नदीमा पानिको बहाव बढ्ने हुदाँ सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरि कन्काई नदीमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने महाशाखाले अनुमान गरेकोछ ।
यस्तै प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा जिल्ला लगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ । तराईको डुबान भइरहने होचा स्थान तथा तटियक्षेत्रका वासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध समेत गरेको छ ।
शनिबार रातीदेखि नै नेपालको पूर्वी जिल्ला ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र सो आसपास क्षेत्रमा मध्ययमदेखि भारी वर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनेलाई महाशाखाले पूर्वसूचनाको एसएमएस पठाइए सर्तक रहन आग्रह समेत गरेकोछ ।