नेपालगन्ज : बाँकेमा बुधबार थप छ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको पछिल्लो परीक्षण नतिजा अनुसार बाँकेमा छ जनामा कोरोना पुष्टि भएको हो ।
भेरीले बुधबार एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २१ का एक २५ वर्षीय पुरूष, खजुरा गाउँपालिका वडा नम्बर–२ का ३२ वर्षीय र वडा नम्बर–३ का ३१ वर्षीय पुरूष, वडा नम्बर–८ का ३९, ४० र ५२ वर्षीय पुरूषमा कोरोना देखिएको हो ।