नेपालगन्ज : तीस वर्ष पहिला रोपिएका वरपिपलका रुखको सरक्षण गरिदैछ । दैलेखको नारायण नगरपालिका–६ स्थित रापुरमा रोपिएका ती विरुवाको स्थानीय चक्र बहादुर प्याकुरेलले संरक्षण थालेका हुन् ।
ती वरपिपल तीस वर्षअघि उनका बुबा शनदबहादुर खत्रीले रोपेका थिए । अहिले उतm ठाउँमा वरपिपलको संरक्षणसंगै उनले वटुवाका लागि बस्ने चौतारि र प्रतिक्षालय समेत निर्माण गर्दैछन् ।
वटुवाका लागि बस्ने चौतारी निर्माण गर्न थालेका उनको यो कार्यमा कति बजेट लाग्छ थाहा छैन । उनले भने –‘काम पूरा भएपछि बजेटसहितको सबै लागत सावजनिक गरिनेछ ।’
पछिल्लो समय वरपिपल मासिदै गएपछि ब्यक्तिगतरुपमा प्याकुरेल यसको संरक्षणमा जुटेका हुन् । गाउँले जिवनसंग प्रत्यक्ष जोडिएको यस्ता विरुवा तथा चौतारिको संरक्षण गर्न आवश्यक रहेको उनी बताउँछन् ।