कोहलपुर जग्गा प्रकरण : छानविन गर्न युनियनको आग्रह


कोहलपुर जग्गा प्रकरण : छानविन गर्न युनियनको आग्रह

नेपालगन्जः बाँके कोहलपुर नगरपालिका वडा नम्बर ४ स्थित सरकारी जग्गा प्रकरणमा नेपाल प्रेस युनियन बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियन बाँके अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा बुधबार बेलुका बसेको कार्यसमिति बैठकमा उक्त विषयमाथि बृहत छलफल गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

बुधबार अबेर राती युनियन बाँके सचिव विजय मल्लद्वारा जारी विज्ञप्तीमा भनिएकोछ ‘बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सरकारी जग्गा प्रकरणका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘कोहलपुर जग्गाप्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारले पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहँदा उक्त घटनाको आवश्यक छानविन गरि सत्यतथ्य बाहिर ल्याउन भन्दै सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा बुधबार बसेको बैठकले निर्णय गरेको छ ।’

यस्तै युनियन बाँके कार्यसमिति बैठकले उक्त प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरेकोछ ।

साथै जग्गा प्रकरणमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदीप वाग्ले सहितका पत्रकारहरुको संलग्नता रहेको भनि प्रकाशित/प्रसारित समाचारका विषयमा आधिकारिक धारणा बाहिर ल्याउन तथा छानविनमा सहयोग पु¥याउनका लागि आरोपित पत्रकारहरुको साधारण सदस्यता निलम्बन गर्न बैठकले पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण गराएको छ । युनियन सचिव मल्लद्वारा जारी विज्ञप्तीमा उल्लेखछ ।

बैठकले पत्रकार तथा पत्रकारिताको गरिमा अक्षुण बनाइराख्न वास्तविकता जनसाधारण समक्ष आउनुपर्ने अपरिहार्य देखिएको भन्दै तथ्यगत कुरा सम्बन्धित निकायबाट सार्वजनिक गर्न समेत माग गरिएकोछ ।

यसैबिच नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरले राजनीतिक पूर्वाग्राही एवम् अबैधानिक ढंगले कर्मचारी छनोट गरेकोप्रति युनियन बाँकेले असन्तुष्टि समेत ब्यक्त गरेकोछ ।

युनियन बाँकेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘कर्मचारी छनोट प्रकृयामा पुर्नःविचार गर्न आग्रह गर्दै नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्रमा कार्यरत पत्रकारको पेशागत सुरक्षाको ग्यारेण्टी गर्न तथा टेलिभिजनलाई अमुख पार्टीको भर्ती केन्द्र नबनाउन सरकारसँग युनियन बाँकेले जोडदार माग गर्दछ ।’