नेपालगन्ज : देशमा कोभिड–१९ संक्रमण बढेसँगै ओइलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग यतिबेला रङसिएको बाघ जस्तै बनेको छ । केही दिनयता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैनिक ३/४ वटा मुद्दा दायर गरिरहेको छ । यसले यतिबेला उसको सक्रियता बढेको देखिएको छ ।
पछिल्लो समय दर्ता भएका मध्ये कतिपय लडडाउनमा रोकिएका मुद्दा पनि छन् । धेरैजसो भने लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दाहरु बिशेष अदालतमा दर्ता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोका केन्द्रीय पवक्ता प्रदीप कोइराला बताउँछन् ।
अख्तियारको अनुसन्धानमा आर्थिक वर्षसँग सम्बन्ध हुँदैन । तर, यही आर्थिक वर्षभित्र धेरै मुद्दा दायर गर्न आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आफू मातहतका कर्मचारी र मातहतका प्रादेशिक र सम्पर्क कार्यालयलाई दबाब दिएका छन् ।
यो वर्ष सबैभन्दा धेरै मुद्दा दायर गरेर उनले आयोगको सक्रियता देखाउन खोजेका छन् । सोही कारण असारमा धेरै मुद्दा दायर भएको अख्तियार स्रोत नै बताउँछ । अख्तियारका प्रवक्ता कोइरालाका अनुसार यो आर्थिक वर्षमा चार सय भन्दा धेरै मुद्दा दायर भइसकेको छ । जुन एक आर्थिक वर्षमा दायर भएको अहिलेसम्मकै ठूलो संख्या हो । तर, धेरै मुद्दा दायरलाई प्राथमिकता दिंदा अनुसन्धान भने फितलो हुने गरेको छ । जसकारण धेरै मुद्दामा आयोगको हार हुने जोखिम छ । पछिल्लो समय धेरै जसा ठूला मुद्दामा बिशेष अदालतबाट सफाईका फैसला धेरै भएका छन् ।
प्रमुख आयुक्त घिमिरेले दुई महिनापछि अवकाश पाउन लागेका छन् । यसैले पनि उनले पछिल्लो समय मुद्दाको संख्या बढाएका हुन् । तर, अख्तिायर र बिशेष अदालतमा उनले ठूला मुद्दा भने दायर गर्न सकेका छैनन् ।
बर्दिया बाँसगढी नगरपालिका अन्तर्गतको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीको करिब साढे ४ करोड हाराहारीको एउटा मुद्दा बिशेष अदालतमा दर्ता भएको छ । तर, यस्ता दर्जनबढी मुद्दा छन् । यद्यपी राजनीतिक पहुँच र दाउपेच तथा दबाबले अख्तियारले ठूला मुद्दा दायर गरी अनुसन्धान अघि बढाउन नसकेको हो ।
कतिपय दायर भएका मुद्दा पनि राजनीतिक दबाबकै कारण बहस तथा अनुसन्धानको दायरामा समेत आउन सकेका छैनन् । यो समस्या काठमाडौमा मात्रै नभई अख्तियारका सबै प्रादेशिक तथा सम्पर्क कार्यालयमा देखिएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा पनि यस्तो समस्याले विगतदेखिका ठूला मुद्दा अनुसनधानको प्रक्रिया जान सकेका छेनन् । यहाँ एउटै स्थानीय हतका दुई दर्जनबढी मुद्दा दर्ता भएका छन् । यी मुद्धा दर्ता भएको तीन बर्ष भइसक्दा पनि एउटा मुद्धामाथि अहिलेस समेत अनुसन्धान तथा कारवाही गर्न अख्तियारले सक्रियता देखाएको छेन् । यसरी अख्तियार उदासिन हुनुको पहिलो कारण नैर राजनीतिक दबाब रहेको जानकारहरू बताउँछन् ।
यता अख्तियार नेपालगन्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डे अख्तियारमा दर्ता भएका उजुरीमाथि अनुसन्धान चलिरहेको बताउँदै आएका छन् । तर, नेपालगन्जमा दर्ता भएका अधिकाशं उजुरीमाथि प्रभावकारी अनुसन्धान र कारबाही हुन सकेको देखिदैन् ।