बागेश्वरी मन्दिर : बाहिरैबाट दर्शन


बागेश्वरी मन्दिर : बाहिरैबाट दर्शन

नेपालगन्ज : कोरोना कहर अनि सरकारले आव्हान गरेको लकडाउनले गर्दा ब्यापार, ब्यवासाय र मानिसका दैनिक जिवनलाई असर ग¥यो । कतिले ज्यान गुमाए । लकडाउनले परेको आर्थिक नोक्सानी र सर्वसाधारणले गुमाएको रोजगारीको तुलना गर्नै नसकिने छ ।

हिन्दु धर्मावलम्बीहरुको लागी विशेष दिन, श्रावण सक्रान्ती । तर, पनि आज बागेश्वरी मन्दिर सुनसान प्रायः देखिन्छ । केही दर्शनका लागि गएका भक्तजनहरु गेटबाटै मन्दिर दर्शन गर्दै बाहिरबाटै आशिर्वाद लिएर फर्किदै गरेका दृश्यले अनौठा लाग्छन् । तर, कोरोना महामारीका कारण यो दृश्य सामान्य लाग्नु स्वाभाविक हो ।

सायद बागेश्वरी मन्दिरको इतिहासमै श्रावण सक्रान्तिमा कम दर्शनार्थी पहिलो पटक होला । आस्थाले घेरेको, आस्थाले बाधेको हाम्रो नेपाली समुदायलाई असामान्य अवस्थाले आर्थिक, मानवीय तथा अन्य असर संगै धार्मिक आस्थामा समेत रोकावट देखा परेको सम्भवतै पहिलो पटक हो । तर, पनि हाम्रो आस्थाको धरोहरको रुपमा रहेको हाम्रो संस्कृती, धर्म, बिश्वास आफैमा प्रगाढ छ । जसको उदाहरणको रुपमा श्रावण सक्रान्तीको दिन बागेश्वरी मन्दिरको गेटबाटै दर्शन गरि आशिर्वाद लिएको दृश्यले प्रमाणित गरेकोछ ।