नेपालगन्ज : शुक्रबार नेपालमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएकोछ ।
देशभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गका क्रममा बोल्दै आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको बताए ।
यस्तै शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन् । भने शुक्रबार बेलुकासम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।