File Photo
नेपालगन्ज : शुक्रबार देशभरबाट थप २ सय ८५ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएकाछन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसन सेन्टरबाट उनीहरु डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहिबार २ सय १३ जना डिस्चार्ज भएका थिए ।
पछिल्लो समय कोरोना संक्रमितहरु निको हुदै डिस्चार्ज हुन थालेपछि देशका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएकाछन् । देशको पूर्वी भोजपुर, संखुवासभा लगायत मनाङ, मुस्ताङ र हुम्ला सहित ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । शुक्रबार विभिन्न २७ वटा प्रयोगशालबाट ४ हजार ६ सय ८६ जनाको पीसिआर परीक्षण भएको थियो ।
हालसम्म २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तो छ प्रदेशगत संक्रमित संख्या
प्रदेश १–७४४
प्रदेश २ – २५८८
बागमती प्रदेश – ४१३
गण्डकी प्रदेश – ९४६
प्रदेश ५– ३६४२
कर्णाली प्रदेशमा – १४९२
सुदूरपश्चिम प्रदेश – १६५९