नेपालगन्ज : शनिबार नेपालमा ५७ जना कोरोना भाइरस संक्रमित थपिएकाछन् । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरस पोजेटिभ पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको बताए ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार शनिबार थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ३७ जना उपचारपछि निको भएका छन् । भने हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रलायका प्रवक्ता डाक्टर गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ ।
हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् ।