नेपालगन्ज : शान्ति सुरक्षामा अहोरार्ध खटिने सुरक्षाकर्र्मी आजभोली नेपालगन्ज शरहका छोडुवा पशुचौपाया धपाउँनमा व्यस्त देखिएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको निर्देशनमा सुरक्षाकर्मीहरू यसरी पशु चौपायको धपाउँदै उनीहरूको सुरक्षामा खटिएका हुन् ।
नेपालगन्ज बजारमा देखिएका गाई, गोरूका साथै खच्चडलाई धपाउँदै सुरक्षाकर्मिले कान्तिहाउसमा पु¥याउँने गरेका छन् । शनिबार विहान रामलिला मैदानमा पशु चौपाय धपाउँदै गरेका एक साधा पोशाखका सुरक्षाकर्मीले भने ‘कस्तो जागिर खाईएछ देश र जनताको सुरक्षाका लागि खाएको कसम पशुचौपाया धपाउँन काम लागेको छ ।’ उनीसँग पशुचौपाया धपाईरहेका अर्का सुरक्षाकर्मीले भने ‘के गर्नु सानो पदको परिओ जागिर खाएपछि ठुलाबडाको आदेश मान्नै प¥यो । आज पशुचौपाया धपाँउदैछौं भोली कुकुर-विराला पनि धपाउँन पर्ने हुनसक्छ ।’ उनी प्रश्नार्थशैलीमा थप्छन ‘जागिर त हो के ?’
बाँकेको नेपालगन्ज बजार क्षेत्रभित्र रहेका छाडा पशु चौपायालाई शनिबार कान्जी हाउस पु¥याइएको छ । छाडा रुपमा बजारमा घुम्ने, सडकका बिचमा बसेर सडक दुर्घटनाको जोखिम बढाइरहेका ६९ वटा अलपत्र छाडा पशु चौपायालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलिले कान्जी हाउस पु¥याएको हो । टोलीले बजारका चारैतिर छरिएर रहेका छाडा पशु चौपायाहरुलाई जम्मा पारेर धपाउदै कान्जी हाउस पु¥याएका हुन । अघिल्लो हप्ता पनि उक्त टोलीले बजारका विभिन्न क्षेत्रबाट १ सय १४ छाडा पशु चौपायाहरुलाई जम्मा पारेर कान्जी हाउस पु¥याएको थियो ।
बजारमा दुर्घटनाको जोखिम बढाइरहेका छाडा पशु चौपायाहरुलाई उपमहानगरपालिकासंगको सहकार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा कान्जी हाउस पु¥याउने कार्य जारी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
तर, कान्जि हाउस पु¥याइएका पशुचौपायाको आहारा तथा अबस्थाका बारे कसैले चासो दिएको देखिदैन् । यसअघि पनि कान्जि हाउसमा यसरी नै राखिएका पशुचौपया आहारा, स्वास्थ्य उपचारको अभावमा मात्रै नभई आबश्यकताअनुसार पानी समेत खान नपाएर मरेका थिए ।