साउनको पहिलो सोमबार पशुपति नखुल्ने, खोल्न निर्देशन आए तयारी छौंः कोष


साउनको पहिलो सोमबार पशुपति नखुल्ने, खोल्न निर्देशन आए तयारी छौंः कोष

नेपालगन्ज: कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीका कारण यस वर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ ।

पछिल्लो समय सरकारले लकडाउन(बन्दाबन्दी) खुकुलो गरेसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, सरकारले यसअघि लगाएको बन्दाबन्दी साउन ७ गतेसम्म कायम रहेकाले मन्दिर नखुल्ने भएको हो ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।

मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ ।

हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए । हरेक वर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । क्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् । तर, यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ ।

यसबीच सरकारले सोमबार २ घण्टा पछाडि मन्दिर खुल्न निर्देशन दिए पनि खुलाउन तयार रहेको पशुपति बिकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र बिकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले भने–‘हामीले मन्दिर खुलाउन सम्पूर्ण तयारी गरिरहेका छौँ । दर्शनका लागि आउने भक्तजनहरु सामाजिक दूरी कायम गरी दर्शन गराउने तयारी गरेको छौँ । हात धुनको लागि साबुनपानीको पनि व्यवस्था गरिसकेका छौं ।’