नेपालमा थपिए १५६ जना कोरोना संक्रमित


नेपालमा थपिए १५६ जना कोरोना संक्रमित

नेपालगन्ज: आईतबार नेपालमा थप १५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार आज थपिएका १५६ कोरोना भाइरस संक्रमित सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

यस्तै आईतबार देशभरबाट थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ६ सय ९५ जना उपचारपछि निको भएका छन् । भने नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।