बाजुरामा बाढीले पुल बगायो


बाजुरामा बाढीले पुल बगायो

सांकेतिक तस्विर

नेपालगन्जः अबिरल वर्षाका कारण बाजुरमा बाढीले पुल बगाएकोछ । बाजुरामा रहेको साँफे–मार्तडी जोड्ने पुल नदीले बगाएको छ ।

अविरल वर्षाका कारण बाढीले सो पुल बगाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार १६ मिटर लामो पुल बगाएपछि आवतजावत ठप्प भएको छ ।

पुल मुख्य राजमार्गमै पर्ने भएकाले यातायत प्रभावित भएको हो । यस्तै बूढीगंगा नगरपालिका २ मा एकजनाको घरको आधा भाग पनि भत्किएको उनले बताए ।