सांसद ‘नमूना’द्वारा नरैनापुरको अनुगमन

साउनभित्र राप्तीसोनारीका बिनौना र बैजापुरमा विद्युतिकरण गर्ने तयारी


सांसद ‘नमूना’द्वारा नरैनापुरको अनुगमन

File Photo

नेपालगन्ज : बाँकेको राप्तीपारीलई विकट होइन निकट र सुगम बनाउँने अभियानमा ओहोरात्र खटिएकी प्रदेश साँसद कृष्ण केसी ‘नमूना’ नेतृत्वको एक टोलीले सोमबार नरैनापुर क्षेत्रको अनुगमन गरेको छ ।

राप्तीपारीलाई विकट होइन निकट बनाउने अभिलाषाका साथ सोमबार नरैनापुरमा विविध सम्पन्न तथा निर्माणाधिन र प्रस्तावित योजनको अनुगमन गरिएको हो । आफू साँसद पदमा रहँदासम्म राप्तीपारी र बिशेषगरी नरैनापुरलाई सुगमको सूचीमा पार्ने विश्वासका साथ विकास र समृद्धिका कार्यक्रम तथा योजना अघि बढाइएको साँसद केसी बताउँछिन् ।

प्रदेश सांसद केसीकै पहल र सक्रियतामा २६ बर्षदेखि पुग्न नसकेको विद्युतिकरण, सडक सञ्जाल विस्तार तथा निर्माण, सरकारी सेवा सुविधाको प्रभावकारीताले नरैनापुरलाई सुर्गमको पहिचान दिइसकेको छ । बाँकेको सदरमुकाम नेपालगन्जबाट सिधै लाइन लगि विद्युतिकरण गरिएको नरैनापुर अहिले झिलिमिली भैसकेको छ ।

अब यस आसपासका विभिन्न गाउँमा विद्युतिकरणका लागि विगतको सर्वे र अहिलेको अवस्था बुझन सोमबार प्रदेश साँसद केसीको संयोजकत्वमा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय डिभिजन कार्यालय प्रदेश पाँचका प्रमुख मुनेन्द्र ठाकुर लगायतको एक टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा राप्तीपारीको समग्र विकासका लागि स्थानीयको सुझाव लिदैं प्रदेश सांसद कृष्णा केसी नमुना । तस्विरः सेतोखरी

राप्तीपारीका दर्जनबढी गाउँमा जतिसक्दो छिटो विद्युत लाइन विस्तार गर्ने लक्ष्य अनुरूप काम अघि बढेको र त्यहि कामलाई प्रभावकारी र छिटो पुरा गर्न अनुगमनलाई तदारूकता दिइएको हो ।

नागरिकको माग र प्रदेश सांसद केसीको सक्रियतामा रप्तीसोनारी गाउँपालिकाको बिनौनामा यहि महिनाभित्र विद्युतिकरण हुन भएको छ । धामपुरमा रहेको सव स्टेशनमा काम भैरहेको छ । त्यहाँको काम सकिए लगत्तै बैजापुरमा पनि एकदमै छिटो विद्युतिकरण गर्न तयारी भैरहेको प्रदेश साँसद केसी बताउँछिन् ।

नरैनापुरमा विद्युतिकरण भैसकेको छ । अब राप्तीपारीका दुई गाउँपालिकालाई पनि छिटै भिलमिली बनाउँने अभियान चलिसकेको छ ।विद्युतिकरण नहुँदा विजुली उपभोगबाट बन्चित यस क्षेत्रका विविध गाउँका स्थानीयले अब छिट्टै विद्युत उपभोग गर्न पाउँने हुँदा स्थानीयमा खुशी छाएको कालाफाँटाका स्माइल खाँ बताउँछन् ।

उनकाअनुसार प्रदेश साँसद कृष्ण केसी, स्थानीय तहका जनप्रतिनिधीको पहल सक्रियता र स्थानीय नागरिकको सहकार्यमा राप्तीपारी सडक, बिजुलीबत्ति, वित्तीय सेवा लगायतको सेवासुविधा पर्याप्त हुँदा नरैनापुरका साथै राप्तीपारीका तीनवटै पालिका विस्तारै आफ्नो परिचय बदल्ने लयमा अघि बढ्दैछ ।