नेपालमा थप १८६ जनामा कोरोना संक्रमण


नेपालमा थप १८६ जनामा कोरोना संक्रमण

नेपालगन्ज : नेपालमा थप १८६ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणबाट थप १८६ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गका क्रममा आज सोमबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको जानकारी दिए ।

यस्तै देशभरबाट सोमबार थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ जना उपचारपछि निको भएका छन् ।

भने हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।