कारबाहीको माग गर्दै नेमकिपाद्वारा ज्ञापनपत्र


कारबाहीको माग गर्दै नेमकिपाद्वारा ज्ञापनपत्र

नेपालगन्ज : नेपाल मजदूर किसान पार्टीले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ किरनालामा रहेको सरकारी जमिन कर्मचारी तथा भूमाफियाको मिलेमतोमा भोगचलन हुन थालेपछि उक्त जमिन अतिक्रमण तथा कब्जाबाट रोक्न माग गर्दै नेमकिपाले सोमबार ज्ञापनपत्र बुझाएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर– ४ स्थित किरण नाला नजिकको सार्बजनिक जग्गा सरकारी कर्मचारी, पत्रकार र भूमाफियासहितका ४१ जना ब्यक्तिको मिलेमतोमा पुर्जा बितरण हुन खोजेको हुँदा काम तत्काल रोक्न उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उक्त अबैधानिक कार्य तत्काल रोकि निजहरुलाइ कानूनी दायरामा ल्याइ तत्काल कारबाही गर्न नेमकिपा बाँकेले ज्ञापनपत्र मार्फत माग गरेको छ ।