दैलेख : नारायण नगरपालिका ४ सोतका स्थानीयलाई जनप्रतिनिधिले कुहिएको चामल वितरण गरेको पाइएको छ । नारायण नगपालिका– वडाले मगंलबार स्थानीयलाई राहतका नाममा कुहिएको चामल वितरण गरेको पाएको हो ।
जनतामाझ सस्तो लोकप्रियता कमाउन दैलेखका जनप्रतिनिधिहरूको राहत वितरणमा होडवाजी चलिरहेकै बेला दैलेखको नारायण नगरपालिका–४ ले भने कुहिएको चामल वितरण गरेको छ ।
लकडाउन तथा देशनै बन्दाबन्दीको अस्थामा रहेका बेला ज्याला मजदुरी गरी गरी दैनिकी गुर्जाने जनतालाई राहत दिने वहानामा कुहिएको चामल वितरण गरेपछि नारायण नगरपालिका–४ का स्थानीय आन्दोलित बन्नु परेको छ ।
नारायण नगरपालिका ४ ले वितरण गरेको राहतमा कुहिएको दाल र चामल दिएपछि विरोध प्रदर्शन गर्न बाध्य भएको स्थानीय राकेश कठायतले वताए । स्थानीय बासिन्दाले कुहिएको दाल र चामल दिएको भन्दै सडकमा फालेर आन्दोलनमा उत्रिएका स्थानीय कठायत बताउँछन् ।
गुणस्तरहीन चामल र दाल बाँडेपछि विपन्नले आफूहरूलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै आक्रोशित हुनु परेको वताउँछन् स्थानीय राकेश कठायत । प्रतिपरिवार १० देखि १५ केजीसम्म चामल दिइएको तर चामल सबै कुहिएकाले सडकमा फालेर आन्दोलन गर्नुपरेको स्थानीय अमृता कठायतले बताइन् ।
‘लकडाउनको समयमा खाद्यान्नको चरम समस्या थियो,” उनले भनिन्, ‘त्यतिबेला चामल पाएनौं, अहिले असारमा आएर वडा कार्यालयले चामल त दियो तर कुहिएको दिएर हामीलाई अपमान गरका छने ।’
नगरपालिकाले गत जेठमा टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी केही समय नगरपालिकाको गोदाममा राखेर वडामा पठाएपछि आफूहरूले सोही चामल वितरण गरेको वडाध्यक्ष वीरबहादुर कटुवालले बताएका छन् ।