नेपालगन्ज : नेपालमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ ।
देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज मङ्गलबार थपिएका सहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार मङ्गलबार थप ६०९ जना कोरोना संक्रमणमुक्त भएको छन् । योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएका छन् ।
भने हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।