लकडाउन अन्त्य भएपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने


लकडाउन अन्त्य भएपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने

नेपालगन्ज : चैत ११ गतेदेखि जारी लडाउनको अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी (लकडाउन) अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।