नेपालगन्ज : नेपालबाट मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भाग हुदैं दक्षिण सरेको छ । भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ । यसले गर्दा आज पनि देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएकोछ ।
जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।
यस्तै विहीबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यद्यपी वर्षासगैं आएको बाढी, पहिरोका कारण क्षती बढ्दै गएकोछ ।