प्रहरी जवान चौधरी बने ‘पुलिस अफ द मन्थ’


प्रहरी जवान चौधरी बने ‘पुलिस अफ द मन्थ’

नेपालगन्ज : बाँके प्रहरीको मूल्यांकनमा प्रहरी जवान रामसुमा चौधरी ‘पुलिस अफ द मन्थ’ घोषित भएकाछन् ।

प्रहरी जवान चौधरीले उत्कृष्ठ कार्य गरेको भन्दै कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

असार महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारीमध्ये उनी असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका हुन् ।

बाँके प्रहरीले असार महिनामा उत्कृष्ठ कार्य गर्ने तीन जनालाई पुरस्कृत गरेको छ । यी मध्य एक जना अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । भने प्रहरी नायव निरीक्षक सुरेन्द्रकुमार पन्त र प्रहरी जवान पुर्णबहादुर महतरालाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कारद्वारा पुरष्कृत गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिए ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरेको भन्दै बाँके प्रहरीले उनीहरुलाई सम्मान गरेको हो ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा गरिएको एक कार्यक्रममा उनीहरुलाई बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले कदरपत्रसहित पुरस्कार प्रदान गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काले बताए ।