नेपालगन्ज: मौसममा आएको परिर्वतनसगैं पुनः नेपालमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ ।
बिहीबार देशभर भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन विभागले आग्रह समेत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक तथा हवाई यातायातसमेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अग्रह गरिएको हो ।
यस्तै देशका अन्य बाँकी क्षेत्रमा मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ ।
यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।