नेपालगन्ज : कोरोना भाइरसका कारण भएको लकडाउन १२० दिन पछि खुला गरिएकोछ ।
बन्दाबन्दी खुला गरिएसगैं सर्वसाधरण पुनः आफ्नो दैनिकीमा फर्किदैछन् । यद्यपी देशमा कोरोना भाइरसको जोखिम रहेकोेले उच्च सर्तकतासगैं सावधानी अपनाउन सरकारले आग्रह गरेकोछ ।
सरकारले बन्दाबन्दी हटाएपनि छोटो तथा लामो दूरीको सार्वजनिक यातायात भने सञ्चालनमा आएको छैन । यस्तो अवस्थमा अधिकासं ब्यक्तिहरुले आफ्ना निजी सवारी साधन तथा भाडामा लिएर गन्तब्यमा पुगिरहेकाछन् ।
कोरोना भाइरसको जोखिमलाई हेर्दै उपत्यका प्रवेश गर्नेले पीसिआर तथा आरडीटि जाँच गराउनु नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले भने–‘काठमाडौं जान गाडी र ब्यक्ती पासका लागि पीसिआर तथा आरडीटि जाँच आवश्यक पर्दैन । यस सम्बन्धि जाँच गर्ने बारे कोभिड–१९ निर्देशिकामा उल्लेख छैन ।’
कोरोना महामारिका बीच यसअघि काठमाण्डौं जान पीसिआर तथा आरडीटि जाँच गरेको हुनुपर्ने व्यवस्था रहेको सुन्नमा आएकोले सर्वसाधरणमा अन्यौलता छाएको थियो ।