बिहीबार थपिए १४७ जना कोरोना संक्रमित


बिहीबार थपिए १४७ जना कोरोना संक्रमित

नेपालगन्ज : बिहीबार नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आज थपिएका सहित नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । लकडाउन खुला गरिएकै दिन हिजो बुधबार नेपालमा एक सय जनामा कोरोना संक्रमण देखिएको थियो ।

उनका अनुसार बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ पीसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भने बिहीबार थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएकोछ । योसगैं नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकोछ ।