‘समृद्ध खजुरा’ विमोचन


‘समृद्ध खजुरा’ विमोचन

नेपालगन्ज :खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे ‘समृद्ध खजुरा’ बुलेटिनको बिमोचन गरिएको छ ।

५ नम्बर प्रदेश सांसदद्वय आईपी खरेल र बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, उपप्रमुख एकमाया बिक तथा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण ‘समृद्ध खजुरा’ बुलेटिनकोे बिमोचन गरेका हुन् ।

बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।