जोखिममा नागरिक, परीक्षणको दायरा बढेन
File Photo
नेपालगन्ज : सरकारले लकडाउन खोलेसगैं देशभरी कोरोना संक्रमणको जोखिम फेरी बढेको छ । लकडाउन खुकुलो हुदाँ विभिन्न जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन थालेको छ । यसले पनि आम नागरिकमा कोरोना जोखिमको त्रास बढेको देखिएको छ । नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउन लगाएको थियो ।
यस अवधिमा लकडाउनकै कारण कोरोनाको संक्रमण बढे पनि लकडाउनका कारण समुदया स्तरमै फैलिन सकेको थिएन । तर, सरकारले आम नागरिकको सतप्रतिशत स्वास्थ्य परीक्षण नगरि हचुवाको भरमा लकडाउन खुकुलो बनाएपछि यतिबेला कोरोना संक्रमण एक ब्यक्ति र परिवारमा मात्र सिमित नभएर टोल बस्ती गाउँ र समुदायमा फैलिन थालेपछि सुरुवाी चरणमै अहिले फेरी देशभरमै यसको जोखिम बढेको छ ।
सरकारले लकडाउन खोलेको तीन दिन नवित्दै झापामा दश जना सुरक्षाकर्मी लगायत देशभर करिब ४ सय जनामा कोरोना संक्रमण भेटिएको छ भने शुक्रबार विरगञ्जमा एक जना संक्रमितको मृत्यु भएको छ । उनको निधन सगैं लकडाउन खोलेयता देशभरमा ४ जनाले ज्यान गुमाएका छन् भने जम्मा मृतकको संख्या ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकोछ ।
सरकारले लकडाउन खोलेपनि कोरोना संक्रमणबाट आम नागरिक जोखिम मुक्त हुन नसक्दा विशेषगरि तराईका जिल्लाहरु फेरी प्रभावित बन्न थालेका छन् ।
यतिबेला बजारमा भीडभाड बढेको छ भने सरकारी कर्मचारी देखि आम नागरिक र व्यवसायीले समेत कोरोना संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्ने, माक्सको उचित प्रयोग गर्ने, भीडभाड नगर्ने लगायतका उपाय समेत अपनाउन छोडेका छन् । यसले पनि छिटै समुदाय स्तरमा कोरोना संक्रमण अत्याधिक बढ्ने देखिएको नागरिक समाजका अगुवा तथा कानून ब्यवसायी विकास आचार्य बताउँछन् ।
उनका अनुसार देशभरमै कोरोना संक्रमणको जोखिम रहीरहेकाले सरकारले तत्काल लकडाउन खोल्नुको साटो अझै कडा लकडाउन गरि कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रिय सहभागिता जनाउन जरुरी रहेको बताए ।
टोलबस्ती समाजमा र समुदाय स्तरमा समेत रहेका आम नागरिकको स्वास्थ्य परीक्षण हुन नसकेको अवस्थामा सरकारले यसरी हचुवाको भरमा लकडाउन खोल्नु आम नागरिकलाई मृत्यु पथमा ढकलेको जस्तो भएको बाँकेका अधिकारकर्मी पुर्ण अधिकारी बताउँछन् । उनले भने–सरकारले तत्काल लकडाउन पुनः घोषणा गर्नुपर्छ र आम नागरिकको स्वास्थ्य परीक्षणमा ध्यान दिनुपर्छ ।
कोरोना संक्रमणको जोखिम बढ्ने देखिएसगैं प्रदेश नम्बर २ को पर्सा जिल्लामा शनिबार विहानदेखि निषेधज्ञा जारी गरिने भएकोछ । कोरोना संक्रमण समुदाय स्तरमा नफैलियोस भनेर उक्त प्रदेशको पर्सासगैं विभिन्न जिल्ला र प्रदेश १ का जिल्लाहरुमा विशेष सावधानी अपनाइएको प्रदेश सरकारहरुले बताएकाछन् । तर, केन्द्रिय सरकारका तर्फबाट कोरोनाको जोखिम नियन्त्रणका लागि शुक्रबार साँझसम्म कुनै प्रक्रिया सार्वजनिक भएको छैन । कोरोना जोखिमको अत्याधिक मारमा परेका पश्चिम नेपालका तीनवटा प्रदेशमा पनि यतिबेला संक्रमणको त्रास बढेकोछ ।
प्रदेश पाँचको रुपन्देही, कपीलवस्तु, नवलपरासी, बाँके, बर्दिया लगायत अन्य तराईका जिल्ला सगैं समग्र कर्णाली र सुदूरपश्चिम प्रदेश पनि सरकारले खोलेको लकडाउनकै कारण कोरोना संक्रमणको थप जोखिममा देखिएका छन् ।
कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लाहरु यसअघि कोरोनाको उच्च जोखिममा देखिएका थिए । दैलेख जिल्ला त कोरोना हटस्पट नै बनेको थियो । अहिले पनि उक्त प्रदेशमा कोरोना संक्रमितहरु प्रत्येक दिन भेटिदाँ सरकारले गरेको लकडाउन फिर्ताले झनै जोखिम बढाएको नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष समेत रहेका गणेश कञ्चन भारती बताउँछन् ।
आम नागरिकको स्वास्थ्यलाई ध्यानमा दिएर जनस्तरमा कोरोना फैलिन नदिन र कर्णालीबासीलाई सुरक्षित बनाउनका निमित्त प्रदेश सरकारले तत्तकाल प्रदेशभरी लकडाउन घोषणा गर्न जरुरी रहेको अध्यक्ष भारती बताँउछन् ।
कोरोना संक्रमणका कारण आजित भएका आम नागरिकको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने पाँचथरका पत्रकार लवदेव ढुङ्गानाको भनाइछ । देशभरका जिल्लामा जनस्वास्थ्य कार्यालय र स्वाब परीक्षणका लागि स्थापना गरिएका प्रयोगशालाहरुमा आवश्यक जनशक्ति बृद्धि गरि उचित स्रोतसाधन र उपकरणको व्यवस्था गरि प्रत्येक जिल्लामा दैनिक ५ सय देखि १ हजार सम्म नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।
उनका अनुसार जतिसक्दो धेरै नागरिकको स्वास्थ्य परीक्षण गर्ने काममा सम्बन्धित निकायसगैं प्रदेश सरकार र स्थानीय तह समते उदासिन देखिएका छन् । यसको मार आम नागरिकले भोग्दै आएकाछन् ।
यसैबीच बन्दाबन्दी खुलेको तेस्रो दिन नेपालमा १३३ जना कोरोना संक्रमित थपिएकाछन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार शुक्रबार थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेका छन् ।
यस्तै शुक्रबार थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ पीसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भएको छ ।