नेपालगन्ज : नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकोछ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
शनिबार थपिएका १ सय ९ जना कोरोना संक्रमितसगैं नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ । हाल देशभर ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७५ पीसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भने शनिबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन् ।
हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार शनिबार थपिएका कोरोना संक्रमितहरुमा डोटीमा १३, सुर्खेत र सप्तरीमा ११/११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६/६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४/४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३÷३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २/२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।