आईतबार १३० जना कोरोना संक्रमित थपिदाँ ७५ जना डिस्चार्ज


आईतबार १३० जना कोरोना संक्रमित थपिदाँ ७५ जना डिस्चार्ज

नेपालगन्जः आईतबार नेपालमा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएकाछन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आईतबार नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ । भने आइतबार थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार १ सय २८ जना उपचारपछि निको भएका छन् ।

यस्तै मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो पटक सरकाले लकडाउन खुला गरेसगैं नेपालमा कोरोना भाइरस समुदायमा फैलिएको पाइएकोछ ।