नेपालगन्ज : ३८ औं वीपि स्मृति दिवसका अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गणमा बृक्षारोपण गरिएकोछ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ कार्यसमितको आयोजनामा भएको उक्त बृक्षारोपणमा ४५ वटा विभिन्न फुल तथा शोभनिय विरुवा रोपिएको हो ।
सो कार्यक्रममा पाँच नम्बर प्रदेस सभामा नेपाली काँग्रेस संसदिय दलका सचेतक सुरेन्द्र हमालले वीपीको सिद्धान्तलाई आत्मसाथ गर्न सके मात्र लोकतन्त्र र समाजबाद स्थापना हुने बताए ।
उनले पछिल्लो पुस्ताले समाजबाद स्थापनाको लागि वीपीले प्रतिबादित गरेको सिद्धन्त र योगदानको बारेमा जानकारी नराख्ने गरेको उल्लेख गर्दै बेलाबेलामा बीपि र उनले दिएको योगदानको बारेमा विभिन्न तहसम्ममा छलफल, अन्तरक्रिया सञ्चालन गर्न औल्याए ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेश गुप्ताको अध्यक्षता तथा सचिव सुनिलसिंह हमाले सञ्चालन गरेको सो कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, संविधान सभा सदस्यद्वय बादशाह कुर्मी, मैकुलाल बाल्मिकी, प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारी, पार्टीका पूर्व जिल्ला सभापति तथा साहित्यकार सनत रेग्मी, उपसभापति सुनिल नरसिंह राणा, नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगरलगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।