नेपालगन्ज : भेरी साहित्य समाज नेपालगन्जले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जनालाई सम्मान गरेको छ ।
सुप्रिसिद्ध गायक, संगितकार तथा साहित्यकार प्रेमप्रकाश मल्ल ‘महेन्द्र मधुकर’ को ८५ औ जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएका ब्यक्तिहरुलाई सम्मान गरीएको हो ।
भेरी साहित्य समाज केन्द्रिय समितिद्वारा आयोजित पुरस्कार, सम्मान तथा बहुभाषिक कवि गोष्ठी समारोहमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष तथा साहित्यकार महानन्द ढकाल सम्मानित भएका छन् ।
ढकाललाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले ढकाललाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरेका थिए । भेरी साहित्य समाजद्वारा स्थापित प्रेमप्रकाश मल्ल स्मृति पुरस्कारबाट कलाकार श्यामनन्द सिहं सम्मानित भएका छन । सिंहलाई सम्मान पत्रकासाथै नगद २५००० प्रदान गरीएको थियो ।
सोही समारोहमा १११११ राशीको लक्षिमा शेर बहादुर पुरस्कारबाट लेखक भूपेन्द्र प्रकाश शर्मा, भिम वली तथा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपती सम्मानित भए । त्यसैगरी साहित्यकार तिमिल्सिना वाङ्मय प्रतिष्ठानबाट साहित्यकार गणेश जिसी सम्मानित भएका छन् ।
उक्त कार्यक्रममा प्राचार्य डाक्टर गोपालप्रसाद शर्मा अधिकारीको समालोचना यात्रा, शशिराम कार्कीको कथा सङ्ग्रह मनदाकिनी र कवि मिना बरालको कविता सङग्रह मनका छालहरु विमोचन गरीएको थियो ।