नेपालगन्ज : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका चितवन जिल्ला ईन्चार्ज सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लवका चितवन जिल्ला इन्चार्ज लालबहादुर विसीसहित पाँच जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
प्रहरीले चितवन जिल्ला ईन्चार्ज विसी सहित विप्लवका दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा पक्राउ परेकाहरुमाथि कारबाही प्रकृया अघि बढाइएको र उनीहरुमा अनुसन्धान भइरहेको वागमती प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाले जानकारी दिए ।