कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम


कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम

नेपालगन्ज : सरकारले लकडाउन खोलेसगैं सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा पाइएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्गलबार बिहान सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ३ पुगेको छ ।

हिजो सोमबार २१ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ३ पुगेको हो । योसगैं सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको उच्च जोखिममा रहेकोछ ।

संक्रमित मध्ये हालसम्म २ हजार ८ सय १९ जना डिस्चार्ज भएका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार कैलालीमा मात्रै एक हजार ७५ जना कोरोना संक्रमित छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ६६७, बैतडीमा ३०७, बझाङमा १७१, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २१, डोटीमा ६०५ र कञ्चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशभर ३ हजार ९ सय ४४ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दिनानुदिन संक्रमित थपिदै जानु र सरकारले लगाएको बन्दाबन्दी खुला गरेसगैं सुदूरपश्चिम कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकोछ ।
सरकारले खुला गरेको बन्दाबन्दीका कारण यतिबेला बजार तथा सार्वजनिक स्थलमा सर्वसाधरणको भीडभाड बढेकोछ । भीडभाड बढ्दै जाँदा आम जनताले माक्स तथा सामाजिक दूरीको न्यूनतम मापदण्ड समेत पुरा गरेको पाइदैन ।