नेपालगन्ज : बुधबार नेपालमा थप २१० जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप २१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा बोल्दै आज (बुधबार) थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ जना पुगेको छ ।
यस्तै बुधबार देशभरबाट थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार २१ जना उपचारपछि निको भएका छन् ।
यस्तै मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४९ जना संक्रमितको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।