भाटभटेनी कारबाहीमा


भाटभटेनी कारबाहीमा

नेपालगन्ज : नेपालगन्जको कारकादौंमा रहेको भाटभटेनी सुपर मार्केट कारवाहीमा परेको छ । नेपालगन्ज उप–महानगरपालिकाले जरिबाना तिराइएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० ले निषेधित क्षेत्रमा फोहोर फालेको भन्दै सुपरमार्केटलाई २० हजार रुपिया जरिबाना गराएको हो ।
वडा अध्यक्ष कृष्ण कार्कीले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राझाचोकमा २ वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा लिइएको बताए ।

फोहोर ल्याण्डफिलसाईटमा पठाएर, रिक्सा छोडिएको वडा अध्यक्ष कार्कीले बताए । वडाभित्र फोहोर गर्ने जुनसुकै भएपनि कारवाही गरिने कार्कीले बताउँछन् ।