रानीतलाउ कोरोनाको उच्च जोखिममा


रानीतलाउ कोरोनाको उच्च जोखिममा

नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित रानीतलाउ तरकारी बजार क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । तरकारी व्यवसाय सञ्चालन खरिद बिक्रिका निहँमा दैनिकजसो हुने भीडभाड र हेलचक्राईले उक्त क्षेत्र नेपालगन्जका अन्य क्षेत्रका तुलनामा बढी जोखिममा देखिएको छ ।

उक्त तरकारी बजारमा व्यापार गर्न भारतीय नागरिकहरू सेमत आएको र असुरक्षित तरिकाले भैरहेको उपभोक्ताको भिडले जोखिम बढेको तरकारी व्यापारी बाबु कबाडिया बताउँछन् ।

सरकारले कोभिड–१९को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन हटाएसंगै भारतीय नागरिक नेपाल प्रवेश गरि रानी तलाउको तरकारी बजारमाा दोब्बर भाडा तिरेर पसल सञ्चालन गरिहेका छन् । उनकाअनुसार तर, बाँके प्रशासन मौन बनेको छ ।

नगरमा सञ्चालित तरकारी बजारमा सयौँको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ । शनिबारदेखि बिहीबारसम्म प्रत्येक दिनजसो संक्रमित नेपालगन्जमा भेटिएका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउने तर्फ प्रशासनको ध्यान केन्द्रित हुन नसक्नु चिन्ताको विषय यहाँका व्यवसायी बताउँछन् ।

तरकारी बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि छैन । स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा भिड उस्तै हुने गरेको छ । यसले पनि जोखिम उत्तिकै बढेको छ ।