नेपालमा कोरोना संक्रमित संख्या १९७७१ पुग्यो, ५६ जनाको मृत्यु


नेपालमा कोरोना संक्रमित संख्या १९७७१ पुग्यो, ५६ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेकोछ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शुक्रबार थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै शुक्रबार देशभरबाट थप १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन् । जुन ७२ दशमलब ८ प्रतिशत रहेको उनले जानकारी दिए ।

भने नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको हो ।

बिहीबार विभिन्न अस्पतालमा र आइसोलेनमा पाँच हजार ३१६ कोरोनाका सक्रिय संक्रमित उपचाररत रहेका उनले जानकारी दिए ।
उनले पछिल्लो २४ घण्टामा जनामा पीसीआर १० हजार ७६८ परीक्षण गरिएको बताए ।