File Photo
नेपालगन्ज : शनिबार नेपालमा थप ३१५ जना कोरोना संक्रमित थपिएकाछन् । यो सगैं नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आज –शनिबार) थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ । यस्तै शनिबार देशभरबाट थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् । भने नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ ।
शनिबार सार्वजनिक कोरोना भाइरस संक्रमण तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं र सिराहाका ५÷५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २÷२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।