बग्गीखाना सिल, एसएसपीसहित ३७५ क्वारेन्टिनमा


बग्गीखाना सिल, एसएसपीसहित ३७५ क्वारेन्टिनमा

नेपालगन्ज : महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । यहाँका दुई जनालाई कोरोना संक्रमण पुष्टि उक्त स्थान सिल गरिएको हो ।

एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक–ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १ हजार ५ सय ४५ जना छ । ३ सय ७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।