नेपालगन्ज : आईतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा थप २४६ जना संक्रमित भेटिएका हुन् । योसगैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना पुगेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आईतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन् । भने नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५र५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।