नेपालगन्ज : बाँकेमा दुई जना (डाक्टर) चिकित्सकसहित १२ जनामा कोरोना सक्रमण देखिएको छ ।
नेपालगन्जको राँझास्थित सैनिक अस्पतालमा भएको स्वाब परीक्षणका क्रममा चिकित्सकमा कोरोना पोजेटिभ भएको रेकर्डले देखाएको छ । जसमा एक जना नेपालगन्ज २० का र एक जना टिकापुरका चिकित्सक रहेका छन् ।
बाँके प्रशासनले गरेको लकडाउनकै बेला गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनीमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार जिल्ला अदालत बाँकेका ५ जना कर्मचारीमा पनि आइतबार कोरोना पोजेटिभ देखिएको छ ।
बाँकेमा नेपाली सेनाका डाक्टरसहित अदालतका ५ गरी आईतबार ६ जना र अन्य ६ जना गरी भेरीको प्रयोगशालामा आईतबार १२ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।
भेरी अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा अलिलेसम्म २२ हजार ७ सय ६ वटा नमूना संकलन भैसकेको छ । २२ हजार ४ सय नमूनाको परीक्षण सकिएको छ । ८ सय८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यको रेकर्डले देखाएको छ । संकलित नमूनामध्ये गएको २४ घण्टामा ३ सय ९० नमूनाको परीक्षण सकिएको उनी बताउँछन् । उनका अनुसार यो अवधीमा १२ जनामा कोरोाना सक्रमण देखिएको छ ।
कोरोना पुष्टि हुनेहरुमा नेपालगन्ज वडा नम्बर–६ का ४०, वडा नम्बर–७ का ५५, वडा नम्बर–१८ का ४६, खजुराका २२ र भेरी नगरपालिका वडा नम्बर–३ सुर्खेतका गरी पाँच जना पुरुष रहेका छन् ।
सेनाको अस्पताल राँझाबाट संकलन गरिएको स्वाबमध्ये नेपालगन्ज वडा नम्बर–२० का ३३ र ३४ तथा गुलरिया नगरपालिका वडा नम्बर–५ का २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
सेनाको फिए दाङबाट संकलन भएको नमूनामध्ये बोलानगर, सिन्धुलीका ३५ वर्षीय पुरषमा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।