नेपालगन्ज : बढ्दै गएको कोरोना भाइरस महामारीकाबीच भारतीय गृहमन्त्री अमित शाहलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
उनले आईतबार दिउँसो एक ट्विट गर्दै आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका हुन् । यद्यपी चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिने भएको छ ।
गृहमन्त्री शाहले ट्विट गर्दै भनेका छन्, ‘कोरोनाका प्रारम्भिक लक्षण देखिएका छन् । मैले कोरोना जाँच गराए र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था अहिले ठिक छ । तर, चिकित्सकको सल्लाह अनुसार म अस्पताल भर्ना हुँदैछु ।’
उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।