भदौ १ बाट विद्यालय भर्ना मात्रै


भदौ १ बाट विद्यालय भर्ना मात्रै

नेपालगन्ज : सरकारले कोरोना भाइरस नियन्त्रणमा नआएसम्म बिद्यालयमा पठन पाठनको कामलाई अघि नबढाउने भएको छ ।

यसअघि भदौ १ गतेबाट विद्यालय भर्ना र पठन पाठन सुचारु गर्ने भनेको सरकारले हाल देशमा कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यस्तो गरेको हो ।

सरकारले विद्यालयमा भर्ना गर्ने तर, परिस्थिति सामान्य भएपछि मात्रै पढाइ सुरु गर्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का प्रवक्ता महेन्द्र गुरागाईं बताँउछन् ।

‘कति विद्यार्थी हुन्छन् भनेर अभिलेखीकरण गर्नका लागि मात्रै विद्यालयलाई छोडिएको छ । पठनपाठन अब जोखिम छैन भन्ने बेलासम्म हुँदैन ।’ उनले बताए । तर, विश्वविद्यालयको बाँकी परीक्षा भने सुरक्षा सतर्कता अपनाएर गर्न सकिनेछ ।